कान्छो खवर । आइतबार, कार्तिक ३०, २०८३
त्रियुगा नदिन किनारमा छठ पुजाको तयारी गरिदै
गाईघाट २९ कार्तिक ।
छ्ठ पर्बको मुख्य दिन आज साझ अस्ताउदो सुर्यलाई पुजा आराधना गरेर अर्घ्य दिइदैछ ।
कार्तिक शुक्ल चतुर्थिदेखि सप्तमी सम्म मनाइने सुर्यदेबको आराधना , उपासना र पुजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।संतान र शुख शान्तिकोलागि यो पर्बमा व्रत लिने गरेका छन् ।
छ्ठ पर्व केहि बर्षदेखि उदयपुरमा भब्य रूपमा मनाइदै आएको छ ।छठ पर्व अहिले सबै समुदायकोलागि साझा पर्व बन्दै गएको छ । दुई तीन दशक अघि सम्म यो पर्व तराईमुलकाहरुले मात्र मनाउने गरेकोमा अहिले पहाडी समुदायले पनि मनाउने गरेका छन् ।
छ्ठ पुजा समितिमा निरन्तर लागि परेका स्थानिय ललित साहले बिगत दुई दशकदेखि निरन्तर पहाडी समुदायको सहभागिता बढी रहेकोले पनि यो पर्व अब सबैको साझा पर्बको रूपमा हेरिन थालेको बताउछन् ।
” अहिले छठ पुजामा पहाडी समुदायको सक्रियताबर्षेनि बढेरहेको छ , तराई समुदायको भन्दा पनि संख्याको हिसाबले पहाडी समुदायको संख्या यो बर्ष पनि धेरै छ । उनलेे भने ।
छठ पर्बकोलागि गाईघाट स्थित त्रियुगा नदि तावा र ककरु नदि किनारमा निकै सजावट गरिएको छ । ब्रतालु भक्तजन अस्ताउदो सुर्यलाई अर्घ्य दिन खोला किनारमा निर्माण गरिएको घाट तर्फ जादै गरेका छन् ।
भोलि बिहान उदाउदो सुर्यलाई अर्घ्य दिए संगै चार दिन लामो छ्ठ पर्व बिधिबत रूपमा समापन हुने छ ।