कान्छो खवर । शनिबार, कार्तिक २९, २०८३
गाईघाट २८ कार्तिक ।
चौदण्डीगढी नगरपालिका १० जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा सनिवार दिउसो १२.४० बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गाईघाटदेखि बेल्टार तर्फ जादै गरेको प्रदेश १-०२-०६० प ८७११ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना ७ त ५२२५ नम्बरको ट्याक्टर एकआपसमा जुद्दा मोटरसाइकल चालक गम्भीर रूपमा घाइते भएकोमा उनको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोट देखिएको घाइतेको स्थानिय र प्रहरीले तत्काल उद्घार गरि जिल्ला अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको नाम खुल्न सकेको छैन ।
घटनाको अनुसन्धान भैरहेको र मृतको पहिचानकोलागि प्रहरीले खोजतलास गरि रहेकोे जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्