३० कार्तिक २०८३, आइतबार

अस्ताउदो सुर्यलाई अर्घ्य दिएर छठ पुजा गरियो

कान्छो खवर । आइतबार, कार्तिक ३०, २०८३

त्रियुगा नदिमा छठ पुजा गर्दै भक्तजन

गाईघाट  २९  कार्तिक  ।

अस्ताउदो सुर्यलाई अर्घ्य दिएर आज छठ पुजा गरिएको छ ।गाईघाटस्थित त्रियुगा नदि किनारमा निर्माण गरिएको छैठ पुजा घाटमा उपस्थित भएर ब्रतालु भक्तजनले सुर्यको आराधना गर्दै अर्घ्य दिएका हुन् ।

उदयपुरमा बिगत केहि दशकदेखि छैठ पर्बमा व्रत लिएर सुर्यको पुजा आराधना गर्ने भक्तजनको संख्या बढदो छ ।यो बर्ष पनि ब्रतालुको संख्या बढेको छैठ पुजा आयोजक समितिले जनाएको छ ।

छठ पुजाकोलागि त्रियुगा नदिमा रातभर नाचगान र रमाइलोकोलागि विभिन्न कार्यक्रम समेत आयोजना गरिएको छ । गाईघाट लगायत जिल्लाको प्रमुख शहर कटारी , बेल्टार , मुर्कुची र रामपुरमा समेत छठ पर्व मनाइएको छ । विभिन्न नदि तलाउमा आज उदाउदो सुर्यलाई अर्घ्य दिएर ब्रतालु भक्तजनले श्रद्धा पुर्बक छठ पर्व मनाएका छन् ।

भोलि बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएर छठ पुजा बिधिबत रूपमा समापन हुने छ ।

यहाँ कमेन्ट गर्नुहोस्