कान्छो खवर । शनिबार, कार्तिक २९, २०८३
गाईघाट २८ कार्तिक ।
ट्याक्टरको ठक्करबाट मृत्यु भएको मोटरसाइकल चालकको पहिचान खुलेको छ ।
सनिवार दिउसो १२. ४० बजे चौदण्डीगढी नगरपालिका १० जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर एकआपसमा जुद्द्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका ५ का बर्ष २२ का रोजन परियार रहेकोे प्रहरीले जनाएको छ । मृतकको अहिले अबेर पहिचान खुलेको हो । गाईघाटदेखि बेल्टार जादै गरेको प्र १- ०२ – ०६०प ८७११ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा जुद्दा भएको दुर्घटनामा परि गम्भीर रूपमा घाइते परियारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका १० का बर्ष २६ का शोभितमान बस्नेत र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।