२७ कार्तिक २०८३, बिहिबार

छठ पर्व आजदेखि बिधिबत रूपमा सुरु , त्रियुगा नदिमा घाट बनाउने कार्य तीब्र रूपमा हुदै

कान्छो खवर । बिहिबार, कार्तिक २७, २०८३

त्रियुगा नदिमा छ्ठ पुजाकोलागि घाट निर्माण गरिदै

गाईघाट   २६     कार्तिक  ।

निकै श्रद्धा  र भक्तिभाबपुर्बक मनाइने छ्ठ पुजा  आजदेखि बिधिबत रूपमा सुरु  भएको छ ।पाच दिन सम्म मनाइने यो पर्बको पहिलो दिन ब्रतालुहरु चोखोनिदो भै शुद्ध हुने परम्परा छ ।

आज ब्रतको पहिलो दिन ब्रतालुहरुले कोदो र माछाको परिकारबाट बनेको खाद्य परिकार बर्जित गरि ब्रतको तयारी थाल्ने थाल्छन् ।

पर्बको दोस्रो दिन बिहिवार अर्थात भोलि नहाय- खाय विधि अपनाउने छ्न भने तेस्रो दिन पर्सि सनिवार ब्रतालुहरु दिनभरी उपबास बसि साझको समयमा बिधिपुर्बक सख्खर हालेर बनाइएको खिर कुलदेवता र छठीमातालाई चढाएर खरना विधि गरिने छ ।

आइतबार दिनभरी उपबास बसि साझपख ब्रतालुहरुले अस्ताउदो सुर्यलाई नदि , पोखरी र जलाशयमा गएर घरमा बनाइएको ठेकुवा , भुसुवा लगाएतका प्रसाद अर्घ्य अर्पण गर्ने चलन छ ।

छठ पर्बको समापन उदाउँदो सुर्यलाई अर्घ दिएर सोमबार बिहान हुने छ ।छ्ठ पुजाकोलागि यतिखेर त्रियुगा नदि , आसपासका पोखरी , तावा खोला सरसफाइ गरि घाट निर्माण गरिएको छ । उदयपुरमा छठ पुजा बर्सेनि भब्य रूपमा मनाउने गरिन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्