३० कार्तिक २०८३, आइतबार

आज छ्ठ पर्व , अस्ताउदो सुर्यलाई अब केही बेर पछी अर्घ्य दिएर पुजाआज गरिदै

कान्छो खवर । आइतबार, कार्तिक ३०, २०८३

त्रियुगा नदिन किनारमा छठ पुजाको तयारी गरिदै

गाईघाट  २९  कार्तिक  ।

छ्ठ पर्बको मुख्य दिन आज साझ अस्ताउदो सुर्यलाई पुजा आराधना गरेर अर्घ्य दिइदैछ ।

कार्तिक शुक्ल चतुर्थिदेखि सप्तमी सम्म मनाइने सुर्यदेबको आराधना , उपासना र पुजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो ।संतान र शुख शान्तिकोलागि यो पर्बमा व्रत लिने गरेका छन् ।

छ्ठ पर्व केहि बर्षदेखि उदयपुरमा भब्य रूपमा मनाइदै आएको छ ।छठ पर्व अहिले सबै समुदायकोलागि साझा पर्व बन्दै गएको छ । दुई तीन दशक अघि सम्म यो पर्व तराईमुलकाहरुले मात्र मनाउने गरेकोमा अहिले पहाडी समुदायले पनि मनाउने गरेका छन् ।

छ्ठ पुजा समितिमा निरन्तर लागि परेका स्थानिय ललित साहले बिगत दुई दशकदेखि निरन्तर  पहाडी समुदायको सहभागिता बढी रहेकोले पनि यो पर्व अब सबैको साझा पर्बको रूपमा हेरिन थालेको बताउछन् ।

” अहिले छठ पुजामा पहाडी समुदायको सक्रियताबर्षेनि बढेरहेको छ , तराई समुदायको भन्दा पनि संख्याको हिसाबले पहाडी समुदायको संख्या यो बर्ष पनि धेरै छ । उनलेे भने ।

छठ पर्बकोलागि गाईघाट स्थित त्रियुगा नदि तावा र ककरु नदि किनारमा निकै सजावट गरिएको छ । ब्रतालु भक्तजन अस्ताउदो सुर्यलाई अर्घ्य दिन खोला किनारमा निर्माण गरिएको घाट तर्फ जादै गरेका छन् ।

भोलि बिहान उदाउदो सुर्यलाई अर्घ्य दिए संगै चार दिन लामो छ्ठ पर्व बिधिबत रूपमा समापन हुने छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्