२९ कार्तिक २०८३, शनिबार

सवारी दुर्घटना मृत्यु भएका युवकको पहिचान खुल्यो

कान्छो खवर । शनिबार, कार्तिक २९, २०८३

गाईघाट  २८   कार्तिक  ।

ट्याक्टरको ठक्करबाट मृत्यु भएको मोटरसाइकल चालकको पहिचान खुलेको छ ।

सनिवार दिउसो १२. ४० बजे  चौदण्डीगढी नगरपालिका १० जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल र ट्याक्टर एकआपसमा जुद्द्दा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका ५ का बर्ष २२ का रोजन परियार रहेकोे प्रहरीले जनाएको छ । मृतकको  अहिले अबेर पहिचान खुलेको हो । गाईघाटदेखि बेल्टार जादै गरेको प्र १- ०२ – ०६०प ८७११ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको ना ७ त ५३२५ नम्बरको ट्याक्टर एकआपसमा जुद्दा भएको दुर्घटनामा परि गम्भीर रूपमा घाइते परियारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका १० का बर्ष २६ का शोभितमान बस्नेत र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्