२५ कार्तिक २०८३, मंगलबार

बहेडर्वामा आज दिउसो इभि गाडी दुर्घटना हुदा चालक सहित १० जना घाइते

कान्छो खवर । मंगलबार, कार्तिक २५, २०८३

गाईघाट  २४   कार्तिक  ।

इभि गाडी आफै अनियंत्रित भै मंगलबार दिउसो दुर्घटना हुदा गाडीमा सवार दस जना घाइते भएका छन् । बेल्टारबाट गाईघाट तर्फ आउदै गरेको प्र १ -०२-००१ ज ४६२१ नम्बरको इभि गाडी त्रियुगा नगरपालिका १३ बहेड्वामा दिउसो १२.४० बजे दुर्घटनामा परेको हो ।

चालक सहित घाइते सबैको अबस्था सामान्य रहेकोे प्रहरीले जनाएको छ ।दुर्घटना लगत्तै प्रहरी निरीक्षकको कमान्डमा एघार जनाको प्रहरी टोलि घटना स्थानमा  पुगेर घाइतेको उद्घार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइते सबै जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

घाइतेहरुको नामावली यस प्रकार रहेकोे छ :

१ चालक काठमाडौ महानगरपालिका ३१ का  बर्ष ४८ का कृष्ण केशी

२: झापा सुरुङ्गा नपा ३ का बर्ष ४० की रेणुका प्रसाईं

३ निजकि छोरा बर्ष १४ का नैन प्रसाईं

४ मोरङ उर्लाबारी नपा ३ का बर्ष ५० की कुमारी लम्साल

५ सुनसरी इटहरी नपा १२ का बर्ष ४२ की मुना ढकाल

६ उदयपुरको बेलका नपा १ का  बर्ष ३८ का प्रबिण तामाङ

७ मोरङ सुन्दर हरैचा नपा ४ बर्ष ७० का अमृत बहादुर खड्का

८ इटहरी उपमहानगर ८ का बर्ष ३७ की रन्जिता गौतम

९ चौदण्डिगढी नपा १० का बर्ष २५ की जमुना परियार बिक

१० निजकी छोरा बर्ष ९ का अङ्कित बिक

यहाँ कमेन्ट गर्नुहोस्