कान्छो खवर । बुधबार, मंसिर ०३, २०८३
गाईघाट २ मंसिर ।
गाईघाटमा आजदेखि तीन दिने निशुल्क आँखा जाँच शिबिर सुरु भएको छ । त्रियुगा नगरपालिका गाईघाटको आयोजना तथा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा संचालित सो शिबिरमा बुधबार पहिलो दिन झन्डै २ सय जनाले आँखा जाँच गराएको अस्पतालका कर्मचारी बीरेन्द्र साहले बताए ।
आगामी मंसिर ४ गते सम्म चल्ने आँखा जाँच शिबिरमा बिरामीको निशुल्क परिक्षण तथा उपचार गरिने त्रियुगाका मेयर बसन्त बस्नेतले बताए ।शिबिर बिहान ९ सुरु भएर र दिउसो २ बजे सम्म संचालन हुने छ ।
शिबिरमा मोतिबिन्दु भएका बिरामीको निशुल्क अपरेसन समेत गरिने छ त्रियुगा माध्यमिक बिध्यालयका बिध्यार्थी तथा अभिभावक र शिक्षक कर्मचारीलाई लक्ष्यित गरि आँखा शिबिर संचालन गरिएको भए पनि जोकोही बिरामीले समेत उपचार सुबिधा पाउने छन् ।
आखामा समस्या देखिएका बिध्यार्थीहरुलाई निशुल्क चस्मा समेतको बितरण गरिने आयोजकले जनाएको छ ।
पहिलो दिन स्थानिय बासिन्दा , बिध्यार्थी , त्रियुगा माबीका शिक्षक कर्मचारीले आँखा जाँच गराएको प्रअ शुभाष बिष्टले बताए ।
शिबिरको नगरप्रमुख बस्नेतले शुबारम्भ गरेका छन् ।