०२ मंसिर २०८३, मंगलबार

प्रतिनिधिसभा सदस्य गेलालले गरे अनौठो घोषणा , फोटो तथा भिडियो पठाएर नगद जित्न सकिने

कान्छो खवर । मंगलबार, मंसिर ०२, २०८३

गाईघाट  १ मंसिर  ।

केहि महिना अगाडि मेयर सरुवा गर्नु पर्छ भनेको भिडियो बाहिरीए पछी भाइरल बनेका उदयपुर क्षेत्र नम्बर १ बाट  निर्बाचित  प्रतिनिधिसभा सदस्य पारसमणि गेलालको सचिबालयबाट हिजो सामाजिक संजालमा  पोस्ट गरिएको स्टाटसको कारण गेलाल फेरि पनि अर्को पटक भाइरल बनेका छन् ।

उनको सचिबालयले  पोस्ट मार्फत अनौठो घोषणा गरेको छ ।फाल्गुन १२ गते हुने  फोटो तथा भिडियो प्रतियोगितामा २०८२ सालको प्रतिनिधिसभा निर्वाचनको क्रममा प्रधानमन्त्री बालेन साह , पार्टी सभापति रबि लामिछाने , स्वय आफू र उदयपुर २ का अर्का सदस्य सुर्य लामा संगका अबस्मरणिय फोटो तथा भिडियो पठाएर नगद पुरस्कार जित्न  आबहान गरेका छन् ।

पोस्टमा उल्लेख गरिए अनुसार उत्कृष्ट फोटो तथा भिडियो पठाउने मध्यबाट तीन जना बिजेता छनौट गरि नगद पुरस्कार प्रदान गरिने उल्लेख छ । तर नगद कति दिने भन्ने बारे उल्लेख गरिएको छैन । तर नगद पुरस्कारको बारे पछि जानकारी गराउने भनिएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन निर्वाचनको क्रममा खिचिएको फोटो तथा भिडियो सामाजिक संजालमा समेत पोस्ट गर्नुपर्ने उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्