०१ मंसिर २०८३, सोमबार

उदाउँदो सुर्यलाई अर्घ्य दिदै सकियो छठ पर्व

कान्छो खवर । सोमबार, मंसिर ०१, २०८३

गाईघाट  ३०  कार्तिक  ।

उदाउँदो सुर्यलाई अर्घ्य दिएर पुजाआज गरे संगै यो बर्ष छठ पर्व बिधिबत रूपमा सम्पन्न भएको छ ।

गत सनिवार पन्चमी तिथीका दिन मध्यरात पुर्बदेखि निराहार व्रत गरेका ब्रतालुले आज सप्तमी तिथीका दिन बिहान उदाउँदो सुर्यलाई अर्घ्य दिएका छन् ।

गाईघाटको त्रियुगा नदिमा भेला भएर ब्रतालु भक्तजनले छठको अन्तिम दिनमा दुघ , जल , फलफूल तथा प्रसाद सहित उदाउँदो सुर्यलाई अर्घ्य अर्पण गर्दै परिबारको सुख , शान्ति , समृद्धि , सुस्वास्थ र सन्तानको दिर्घायुको कामना गरेका छन् ।

छ्ठ पर्व गाईघाट बाहेक  जलजले , देउरी , बगाहा , मुर्कुची ,रामपुर , कटारी लगायत जिल्लाको विभिन्न ठाउहरुमा श्रद्धा पुर्बक मनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्