कान्छो खवर । बुधबार, मंसिर ०३, २०८३
गाईघाट २ मंसिर ।
प्रहरीले लागूऔषध ब्राउन सुगर २६,९०० ग्राम सहित एक युबालाई पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका ८ राजाबासबाट सोही ठाउका ३० बर्षिय रुपेश दनुवारलाई मंगलबार राति ९.३० बजे उक्त परिणामको ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
विशेष सुराकीको आधारमा प्रहरीले विभिन्न टोलि बनाएर दनुवारलाई पक्राउ गरिएको हो । दनुवारले चलाएको ५ प ५२ ७९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ब्राउन सुगर गाडीबाट बरा भएको हो ।
प्रहरीले निजको साथ बाट ब्राउन सुगर तौलने डिजिटल तराजु, नगद ५ हजार १६८ , मोबाइल १ थान , लागूऔषध नाइट्राभेट २४ ट्याबलेट र १८ थान स्पास्मो गरि ४२ ट्याब्लेट समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीले लागूऔषध सहित दनुवारलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।