कान्छो खवर । बिहिबार, पुष १७, २०८२
गाईघाट १७ पौष ।
नेपाली काङ्ग्रेसका युबा नेता मदनराज कटुवालले नेपाली काङ्ग्रेस परित्याग गरेका छन् । साढे तीन दसक लामो काङ्ग्रेस संगको राजनीतिक यात्रालाई टुंग्याउदै कटुवालले पार्टी छोडेको घोषणा गरेका हुन ।
बुधबार राजनीति छोड पत्र लेखेर उनले नेपाली काङ्ग्रेस संगको सामीप्यता टुटाउने निष्कर्ष छोड पत्रमा उल्लेख गरेका छन् । नेपाली जनताको सामाजिक ,आर्थिक , राजनैतिक र सास्कृतिक हैसियतमा अपेक्षित हुन नसकेको , दलको नेतामा सत्ता , शक्ति र सम्पत्ति सधै आफनै वरिपरि घुमिरहनु पर्ने लोभले गर्दा लोकतन्त्रको मुल्री मान्यता र आधारभुत सिधाान्त नै संकटमा पर्दै गएको उनले छोड पत्रमा पार्टी परित्याग गर्नु परेको कारण उल्लेख गरेका छन् ।

उनले नेपाली काङ्ग्रेस राजनीतिमा पार्टी रहन नसकेको उल्लेख गर्दै पार्टीका नेताको कमाइ खाने धन्दाको रूपमा आफन्तको साघुरो घेरा भित्र राजनीतिलाई मिलि खाने गठजोड सस्कृतीको बिकासले आम जनतामा समेत नैराश्यता उत्पन भएको छोड पत्रमा लेखेका छन् ।
अन्तमा उनले केही दशक सकृय राजनीतिमा रहने जनाउदै आफू संग बिचार , सिद्धान्त र आदर्श मिल्ने पार्टी भबिस्यको रोजाइ बन्न सक्ने उल्लेख गरेका छन् ।