कान्छो खवर । शनिबार, कार्तिक ३०, २०८२
गाईघाट २९ कार्तिक ।
भारतको बिहार राज्य बिधान सभामा चर्चित लोकगित गायिका मैथिली ठाकुर निर्बाचित भएकी छिन् । २५ बर्षिया ठाकुर भारतीय जनता पार्टी भाजपा बाट उमेदवार बनेर बिधान सभा सदस्य निर्बाचित भएकी हुन् ।
बिहारको दरभङ्गा जिल्ला अलिनगर बिधान सभा सिटको लागि भएको निर्वाचनमा उनले ८४ हजार ९१५ मत ल्याएकी हुन । उनकि प्रतिद्वन्दी राष्ट्रिय जनता दल आरजेडीका बिनोद मिश्रले ७३ हजार १८५ मत ल्याएका छन् ।
बिधान सभा चुनावको मुखमै ऊनी भारती जनता पार्टी प्रवेश गरेकी थिइन् र उनलाई भाजपाले बिधान सभाको टिकट दिएको थियोे ।उनी बिधान सभामा निर्बाचित सबैभन्दा कम उमेरको सदस्य रहेको भारतीय संचार माध्यमले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्