३१ भाद्र २०८१, सोमबार

एमाले उदयपुरको अध्यक्षमा भागबत राउत निर्बाचित

कान्छो खवर । बिहिबार, चैत्र १५, २०८०

गाईघाट १५ चैत ।
नेकपा एमाले उदयपुरको अध्यक्षमा भागबत राउत निर्बाचित भएका छन ।अहिले अबेर घोषणा भएको परिणाम अनुसार राउतले पार्टीका पुर्ब अध्यक्ष परमेस्वर घिमीरेलाई १ सय २४ मत अन्तरले हराउँदै बिजयी भएका हुन ।राउतले ३४४ मत ल्याउदा घिमिरेले २३० मत ल्याएका छ्न ।

त्यसैगरि उपाध्यक्षमा दिल बहादुर तामाङलाई १ मतले हराउँदै कालु लामा निर्बाचित भएका छ्न ।बेलका नगरपालिकाका मेयर समेत रहेका उनले १९२ मतल्याउदा तामाङले १९१ मत ल्याएका छ्न ।सचीवमा टेक बहादुर राउत निर्बाचित भएका छ्न ।उनले १९१ मत ल्याएका छ्न ।उनको प्रतिद्वन्द्वी शम्भु पौडेलले १८३ मत ल्याएका छ्न ।

खुला उप- सचीवमा हेम बहादुर खड्का निर्बाचित भएका छ्न ।उनले १९४ मत ल्याएर जिबनाथ दाहाललाई पराजित गरेका छ्न ।दाहालले १०८ मत ल्याएका छ्न ।महिला उप- सचीवमा त्रियुगा नगरपालिकाकि उप- मेयर महेश्वरी राईलाई पराजित गर्दै गङ्गा राई बिजयी बनिन ।जिल्ला समन्वय उदयपुरकी पुर्ब उप- प्रमुख रहेकी उनले २६० मत ल्याएकि थिइन ।उनको प्रतिद्वन्द्वीले १४९ मत प्राप्त गरिन ।

यहाँ कमेन्ट गर्नुहोस्