१९ फाल्गुण २०८०, शनिबार

ठगी आरोपमा एक महिला पक्राउ

कान्छो खवर । मंगलबार, पुष २४, २०८०

खोटाङमा ठगी आरोपमा एक महिला पक्राउ परेकीछिन ।सस्तो मुल्यमा जग्गा दिलाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका १ दिक्तेलकि ३२ बर्शिया गङ्गा बिक पक्राउ परेको प्रहरीले जनाएको छ। उनले रकम लिएर पनि जग्गा उपलब्ध नगराए पछि पीडित दिक्तेलकि निर्मला भुजेलले प्रहरीमा उजुरी दिएकी थिइन् ।

बिकले भुजेल बाट सस्तो मुल्यमा जग्गा दिलाइ दिन्छु भन्दै पटकपटक गरि ११ लाख ५० हजार ३ सय ५० रुपैया लिएर जग्गा उपलब्ध नगराएको उजुरी पछि पौष २१ गते काठमाडौंको बुढानिलकन्ठ नगरपालिका ११ स्थित उनकै निवास बाट पक्राउ गरिएको थियोे ।प्रहरीले सोमबार घटनाको सार्बजनिक गरेको हो । पक्राउ परेकी उनलाई जिल्ला अदालत खोटाङबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्