०८ मंसिर २०८२, आइतबार

महिलालाई बलात्कार गर्न खोज्ने एक पुरुष पक्राउ

कान्छो खवर । बुधबार, मंसिर ०४, २०८२

गाईघाट  ३  मंसिर  ।

महिला माथि जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।उदयपुरको लिम्चुङबुङ गाउपालिका १ बासबोटेस्थित बुत्कुका ५८ बर्षिय ज्ञानबहादुर राई पक्राउ परेका छन् ।

स्थानिय एक महिलालाई जबर्जस्ती बलात्कार गर्न खोजेको उजुरी परे पछी प्रहरीले राईलाई मंगलबार दिउसो पक्राउ गरेको हो ।घटनाको बिस्तृत बिबरण आइ नसकेको प्रहरीले जनाएको छ ।

राईले सोमबार मादक पदार्थ सेबन गरेर छिमेकी एक महिलालाई बलात्कार गर्न खोजेको प्रहरीमा दिएको लिखित उजुरी उल्लेख छ ।

यहाँ कमेन्ट गर्नुहोस्