०९ मंसिर २०८२, सोमबार

बुवा खोलामा ३६ बर्ष पछी पक्की पुल , मन्त्री राईले गरे उद्घाटन

कान्छो खवर । आइतबार, मंसिर ०८, २०८२

गाईघाट  ७   मङ्सिर  ।

खोटाङको बुवा खोलामा निर्धारित समय भन्दा एक बर्ष अगाडि नै पक्की पुल निर्माण भएको छ ।जय बागेश्वरी – रेग्मी चुरीया जेबीले निर्माण गरेको उक्त पुल २० ८३ कार्तिक २१ गते भित्रमा सप्पन्न गरिसक्नुपर्ने गरि १७ करोड ७० लाख रुपैयाको लागतमा जिल्ला प्राबिधिक कार्यालय खोटाङ बाट ठेक्का पाएको थियोे ।

तर निर्माण कम्पनीले काम द्रुत गतिले गरेर १ बर्ष अगाडि नै पुल निर्माणको काम सके पछी सनिवार कोशी प्रदेशका भौतिक पुर्बधार मन्त्री भुपेन्द्र राई उद्घाटन गरेका छन् ।

जन्तेढुङ्गा गाउपालिका र बाराहा पोखरी गाउपालिका जोड्ने बुवा खोलामा निर्माण भएको कोशी प्रदेश कै सबै भन्दा लामो १ सय ४८ .४० मिटरको उक्त पुलले बर्सेनि जनधनको क्षेती गर्दै आएको स्थानिय मकर राईले बताए । उनले बहुदलीय ब्यबस्था आए पछी  बुवा खोलामा पुल निर्माणको माग स्थानिय बासिन्दा र जनप्रतिनिधिले गर्दै आएकोमा अहिले बल्ल पुरा भएको उनले बताए ।

यो पुलको माग गरेको  झन्डै ३६ बर्ष पछी निर्माण सप्पन्न भएको बाराहा पोखरी गाउपालिकाका अध्यक्ष सालिग्राम बन्जाराले बताए ।उनले जिल्ला बाट धेरै माननीय र मन्त्री हुँदा समेत बुवा खोलामा पुल निर्माण हुन नसकेको बताए ।

उनले भुपेन्द्र राईले चुनावमा गरेको बाचा अनुसार खोलामा पुल निर्माण गरि दिएको बताए । जनप्रतिनिधिले साच्चै काम गर्न चाहने हो भने काम फत्ते हुन कुनै समय नलाग्ने कुराको पुष्टि मन्त्री राईले गरेर देखाइ दिनु भएको उनले बताए ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री राईले खोटाङको बिकासमा पुरा इमानदारीपुर्बक काम गर्ने बताए । खोटाङ संग जोडिएका अन्य जिल्लामा बाटो सडक , बिजुलि लगायत अन्य पुर्बधारको क्षेत्रमा बिकास हुदा यो  जिल्ला लाई सधैं नै उपेक्षित गरिएको उनले बताए ।

उनले जिल्लाको बिकास निर्माणको काममा दलिय स्वार्थ भन्दा माथि उठेर सबै राजनैतिक दल  नागरिक समाज एक जुट भएर काम गर्नुपर्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्