१३ मंसिर २०८२, शुक्रबार

गाईघाट बजारमा कालोपत्रे गर्न सुरु , केहि दिन भित्र काम सकिने निर्माण कम्पनीको भनाइ

कान्छो खवर । शुक्रबार, मंसिर १३, २०८२

गाईघाट  १२  मंसिर ।

त्रियुगा नगरपालिकाको  चार वडाको विभिन्न सडक खण्डमा कालो पत्रे गर्ने काम बिहिवार देखि सुरु भएको छ ।बिश्व बैंकको ऋण सहयोगमा त्रियुगाको वडा नम्बर १० ,११ ,१२ र १३ को विभिन्न सडक स्तरउन्नतिको लागि २०८० चैत ३० गते निर्माण कम्पनी र नगरपालिका  बीच सम्झौता भए बमोजिम अहिले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सडक निर्माणको सबै काम सम्पन्न भएर अहिले सडक कालो पत्रेको काम सुरु भएको नगर प्रमुख बसन्त बस्नेतले बताए । सडक नाली  निर्माण , बिधुत पोल सार्ने काम सकिएर सडक कालो पत्रे  गर्न सुरु भएको उनले बताए ।

उनले बिधुत लाईन हुदै बजार क्षेत्रमा अहिले सडक कालो पत्रे गर्न सुरु गरिएको बताए ।

सडक निर्माण कम्पनी आशिष आशिर्वाद स्वामी नारायण जेभीका प्रोपाइटर सन्तोष बस्नेतले मंसिर भित्रै सडक निर्माणको सबै काम सकेर नगरपालिकालाई हस्तान्तरण गरिने बताए । पौष मसान्तसम्म काम सक्नु पर्नेमा एक महीना अगाडि नै सडक निर्माणको काम सकिने उनलेे बताए ।

पुर्बाधार आयोजना अन्तरगत बिश्व बैंकको  ६६ करोड ११ हजार १४० रुपैयाको ऋण सहयोगमा त्रियुगाको विभिन्न स्थानमा १४ .६४६ किमि सडक कालो पत्रे गर्न  ठेक्का मार्फत २ बर्ष अधि काम सुरु भएको थियोे ।

४० मिमि मोटाइको असफाल्ट कंक्रीट सडक निर्माणको झन्डै ९० प्रतिशत काम सप्पन्न भैसकेको निर्माण कम्पनीले जनाएको छ ।

 

 

 

यहाँ कमेन्ट गर्नुहोस्