१२ मंसिर २०८२, बिहिबार

आफन्त बाट गरगहना ठगी गरेको आरोपमा एक पक्राउ

कान्छो खवर । बुधबार, मंसिर ११, २०८२

गाईघाट  १०  मंसिर  ।

आफन्तबाट  सुनचादीको गरगहना  ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका  ५ का २५ बर्षिय समानन्द चौधरीलाई प्रहरीले पक्राउ  गरेको  हो ।

गत  कार्तिक  १०  गते चौधरीले नाताले माइजु पर्ने  ३६ बर्षीया अनारबती चौधरीलाई आफू मोटरसाइकल दुर्घटनामा परी घाइते भएको भन्दै ऊनी बाट सुनको रिंग १ थान , सुनको तिलहरी २ थान र ३ तोला चादीको कत्री  ठगी गरेको प्रहरीले जनाएको छ ।

चौधरीले १८ गते पनि उनी बाट ३० तोलाको चादीको गहना समेत झुक्याएर लगेको प्रहरीले जनाएको छ ।अदालतबाट म्याद थप गरि प्रहरीले चौधरीलाई हिरासतमा राखेको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्