१० मंसिर २०८२, मंगलबार

भारतीय चलचित्रका प्रसिद्ध अभिनेता धर्मेन्द्रको निधन

कान्छो खवर । सोमबार, मंसिर ०९, २०८२

गाईघाट   ८  मङ्सिर  ।

प्रसिद्ध भारतीय अभिनेता धर्मेन्द्रको ८९ बर्षको उमेरमा सोमबार दिउसो निधन भएको छ ।बिगत केहि महिना देखि बिरामी रहेका उनी  गत नोभेम्बर १२ तारीखमा मुम्बई स्थित ब्रीच क्यान्डी अस्पताल बाट डिस्चार्ज भएका थिए ।

भारतीय फिल्म उधोगमा निकै सुन्दर अभिनेतामा चिनिने उनले झन्डै ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।सन् १९३५ ८ डिसेम्बरमा पन्जाबको लुधियाना जिल्लाको साहनेबाल गाउमा जन्मिएका उनलाई बलिउड फिल्ममा विशेष योगदान पुर्याएको भन्दै  सन् १९९७ मा  प्रसिद्ध फिल्म फेयर लाईफ टाईम अचिभमेन्ट पुरस्कार दिएको थियोे ।

 

भारतीय संचार माध्यमले धर्मेन्द्रको पार्थिक शरीर श्मशान घाटमा लगिएको र सुपर स्टार अमिताभ बच्चन सहितका भारतीय फिल्म उधोगका कलाकारहरु श्रद्धाञ्जली दिन उपस्थित रहेकोे जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्