कान्छो खवर । आइतबार, मंसिर ०३, २०८०
गाईघाट ३ मंसिर । आइसिसि एकदिबसिय बिश्वकप क्रिकेट प्रतियोगिताको उपाधिको लागि आइतबार भारत र अस्ट्रेलिया बीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सबा २ बजे फाइनल खेल सुरु हुनेछ । भारतले न्यूजिल्यान्डलाइ अस्ट्रेलियाले दक्षिण अफ्रिकालाइ सेमिफाइनलमा हराएर फाइनल प्रबेश गरे संगै दुई देश बीच उपाधिको लागि भिडन्त हुनलागेको हो ।उच्च लयमा रहेकोे भारत अहिलेसम्म अपराजित छ। अस्ट्रेलिया आठौ पटक बिश्वकपको फाइनल खेल्न लागेको हो भने उस्ले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ। भारतले चौथो पटक बिश्वकपको फाइनल खेल्दैछ। भारतले यस अघि २ पटक उपाधि जित्दा एक पटक सन् २००३ मा उप-बिजयेतामै चित्त बुझाउनु परेको थियोे ।तेसबेला भारत अस्ट्रेलिया संग पराजित भएको थियो ।
यहाँ कमेन्ट गर्नुहोस्