०७ मंसिर २०८३, आइतबार

उर्जा पेट्रोलपम्पका संचालकको दुई छोराको दिउसो नाटकीय रूपमा अपहरण , प्रहरीले एक घन्टा भित्रमै बालक उद्घार

कान्छो खवर । आइतबार, मंसिर ०७, २०८३

फोटो : सान्केतिक रूपमा

गाईघाट  ६   मंसिर  ।

नाटकीय ढंगमा बच्चा अपहरण भएको एक घन्टा मै प्रहरीले बच्चाहरुको सकुशल उद्घार गरेको छ । बालकका बाबुले आइतबार दिउँसो ३ बजेर ११ बजेको समयमा आफ्नो दुई छोरा अपहरणमा परेको भनेर जिल्ला प्रहरी कार्यालयमा फोन मार्फत मौखिक जानकारी गराए लगत्तै प्रहरीको टोलि अपहरणमा परेका बालकको खोजीमा परिचालन भएका थिए ।

प्रहरीले  झन्डै एक घन्टा पछी दुई बालकलाई त्रियुगा नगरपालिका ३ मोतिगडाको तरकारी पसल छेउ बाट उद्घार गरेका थिए ।अपहरणमा परेका बालक मोतिगडा त्रियुगा पुल छेउमा रहेका उर्जा पेट्रोल पम्पका संचालक बैधनाथ साहका ९ बर्षिय सुकृत र ६ बर्षिय कबिर साह रहेको प्रहरीले जनाएको छ ।

ती दुई बालकलाई ट्युसन पढाउने शिक्षक  सुर्यमणि गुप्तालाई प्रहरीले अपहरण गरेको आरोपमा पक्राउ गरेको छ । ती बालकलाई शिक्षक गुप्ताले मोटरसाइकल मार्फत घर बाट ल्याएर तरकारी पसल छेउमा राखेको पीडित बालक बताएका छन् ।   शिक्षक गुप्ता क्यान्भास बोर्डिङ स्कुल गाईघाटमा समेत कार्यरत छन् ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोेले बिस्तृत विवरण आउन बाकी छ । शिक्षक गुप्ताकि पत्नी र पेट्रोलपम्प संचालक साहकि पत्नी बीचमा भएको मनमुटाव र झगडाको कारण श्रीमतीको उक्साहटमा गुप्ताले बालकको नाटकिय ढंगले अपहरण गर्न खोजेको हुन सक्ने स्रोतले उल्लेख गरेको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्