कान्छो खवर । शुक्रबार, मंसिर ०५, २०८३
गाईघाट ४ मंसिर ।
सत्र बर्षिया एक किशोरीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा एक युबा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउपालिका ६ रातमाटेका १९ बर्षिय सोमबहादुर तामाङलाई प्रहरीले बिहिवार पक्राउ गरेको हो ।
तामाङले बोल्न नसक्ने लाटी ती किशोरीलाई कार्तिक ३० गते छ्ठ पुजाको दिन दिउसो ३ बजे बलात्कार गरेको मौखिक उजुरी परेको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । 
खेतबाट कोदो बोकेर आउदै गरेको उनलाई उकालोमा तामाङले घिसारेर नजिकैको झाडी जङ्गलमा लगेर बलात्कार गरेको उजुरी उल्लेख छ । उक्त घटना हुदा पीडितकि आमा संगै थिइन् । अगाडि रहेकी छोरी झाडी बाट रुदै निस्किएकी र बलात्कार अभियोग लागेका तामाङ भागे पछी उनले घरमा घटनाको जानकारी गराएकी थिइन् ।
किशोरीको आफन्त र दाजुहरुले बहिनी माथि बलात्कार भएको भन्दै मंसिर २ गते अस्थाई प्रहरी पोस्ट रौतामा उजुरी दिएका थिए ।प्रहरीले उजुरीको आधारमा तामाङलाई पक्राउ गरिएको पोस्टका वरिष्ठ हवलदार रुपनारायण मण्डलले बताए ।
घटनाको अनुसन्धान भैरहेको उनले बताए ।