कान्छो खवर । सोमबार, कार्तिक १७, २०८३
गाईघाट १६ कार्तिक ।
कटारी नगरपालिकाले स्थानिय एक बिध्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । कटारी नपा ४ स्थित त्रिबेणि माध्यमिक बिध्यालयलाई सोमबार बस हस्तान्तरण गरेको हो ।
बिध्यालय हातमा आयोजित कार्यक्रममा नगरप्रमुख राजेश चन्द्र श्रेष्ठले बसको साचो बिध्यालय ब्यबस्थापन समितिका अध्यक्षलाई दिएर बस हस्तान्तरण गरेका हुन् ।
सो अबसरमा मेयर श्रेष्ठले बिध्यार्थिहरुलाई बिध्यालय आबतजाबतमा सहज होस भनेर नगरपालिकाको आर्थिक सहयोगमा बिध्यालयलाई नंया बस किनेर उपलब्ध गराएको बताए ।
बिध्यालयलाई बसको ब्यबस्थापन गर्न भारतिय दूतावासलाई समेत अनुरोध गरिएकोमा दूतावासले अझैसम्म पनि बिध्यालयलाई बस उपलब्ध नगराए पछी नगरपालिका आफैंले किनेर बस बिध्यालयलाई दिएको उनले बताए ।
उनले बिध्यालयको भौतिक पुर्बाधार लगाएत अन्य क्षेत्रमा समेत नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोगलाई निरंतरता दिने बताए ।
स्कुल बस झन्डै ६५ लाखमा किनिएको हो । नगरपालिकाले बस खरिदकोलागि नगरसभा मै बजेट पास गरेर रकम छुट्याइएको हो ।बस हस्तान्तरण कार्यक्रममा उपप्रमुखको समेत उपस्थिति रहेकोे थियोे ।