कान्छो खवर । सोमबार, कार्तिक १७, २०८३
गाईघाट १६ कार्तिक ।
प्रहरीले उदयपुरबाट ठुलो परिणाममा गाजा बरामद गरेको छ । जिल्लाको बेलका नगरपालिका ८ स्थित दिबाजोर मैनामैनी कोशी पुलको भित्री सडक खण्डमा बेवारिसे अबस्थामा रहेको प्रदेश नम्बर १-०२ -००२ ख ०२०६ नम्बरको ट्रकबाट ७ हजार ८ सय किलो गाजा बरामद गरेको हो ।
बिशेष सूचनाको आधारमा सुनसरीबाट सशस्त्र प्रहरीको एसपि बिक्रम हुमागाईको नेतृत्वको टोलीले आइतबार साझ ६ बजे पक्राउ गरेको हो ।२४६ वटा प्लास्टिकको बोरामा प्याक गरेर ट्रकमा राखिएको अबस्थामा उक्त परिणामको गाजा बरामद गरेको हो ।
ठुलो परिणाममा गाजाको तस्करी भैरहेको सूचना सशस्त्र प्रहरीलाई प्राप्त भए पछी सुनसरी बाट एसपिको कमान्डमा प्रहरी टोलि उदयपुर आएको थियोे । उक्त टोलिले उदयपुरको सशस्त्र प्रहरीलाई मात्र जानकारी गराएको श्रोतले जनाएको छ ।
यति ठुलो परिणाममा उदयपुरमा गाजा बरामद भएको यो नै पहिलो घटना हो । पक्राउ गरिएको गाजा र ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाको अनुसन्धान भैरहेको छ ।
जनपद प्रहरीले गाजा बरामदको समाचार अझै सार्वजनिक गरेको छैन ।