१३ कार्तिक २०८३, बिहिबार

रामपुर झन्डा चौकमा भएको सवारी दुर्घटनामा मृत्यु हुने परिवार र गाडी धनी बिच सहमति जुटे पछी शबको पोस्टमार्टम , पीडित परिबारले ७ लाख पाउने

कान्छो खवर । बिहिबार, कार्तिक १३, २०८३

गाईघाट  १२  कार्तिक  ।

बेलका नगरपालिका ९ रामपुरको झन्डा चौकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परि मृत्यु भएको लक्ष्मी राईको शब पोस्ट मार्टम पछी आफन्तले बुझेका छन् ।

पीडित परिवारलाई बिमाको रकम ५ लाख बाहेक थप २ लाख रुपैया गाडीधनीले  उपलब्ध गराउने दुबै पक्ष बीच भएको लिखित  सहमति पछी बिहीबार परिबारका सदस्यले शब बुझेका हुन् ।

बुधबार बिहान मर्निङवाकको क्रममा सोही ठाउकी ५६ बर्षीया लक्ष्मी राईको गाडीको ठक्करबाट मृत्यु भएको थियोे । दुर्घटना पछी ठक्कर दिने गाडी सहित चालक फरार थिए ।

प्रहरीले झन्डै १० घन्टा लामो खोजतलास र अनुसन्धान पछी दुर्घटना बारे पत्ता लगाउन सफल भएको थियोे । घटना स्थल अगाडिको बिधुत पोलमा जडान गरिएको सिसि क्यामेरा बिग्रेकोले प्रहरीलाई ठक्कर दिने सवारी साधन पत्ता लगाउन कठिन भएको थिए ।

प्रहरीले विभिन्न तरिका प्रयोग गर्दै अन्य ठाउँमा रहेकोे सिसि क्यामराको मद्दत बाट अन्तमा ठक्कर दिने सवारी साधन र चालकलाई पहिचान गरि झन्डै १० घन्टाको अथक प्रयास पछी पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रहरीले राती अबेर गाडीकाघनी समेत रहेका भोजपुर आमचौक गाउपालिका १ का ३७ बर्षिय प्रेम बिश्वकर्मालाई इटहरीबाट पक्राउ गरेको थियोे भने प्र १ -०५ -००१ ज ००२२ नम्बरको बोलेरो गाडीलाई लुकाएर राखेको अबस्थामा रामपुरबाट बरामद गरेको हो ।

पीडित परिवारले घटनाको वास्तविक अनुसन्धान गरेर सवारी साधन र चालक पत्ता लगाएर कानुनको दायरामा ल्याउनु पर्ने माग राख्दै शब बुझ्न् मानेका थिएनन् । प्रहरीले घटनाको बास्तबिकता सार्वजनिक गरे लगत्तै सवारीधनी र पीडित बीच छलफल भएर सहमति जुटेको प्रहरीले जनाएको छ ।

पीडित परिवारका आफन्त सनबिर राई दुबै पक्ष बीच सहमति जुटेर शबको पोस्टमार्टम पछी आफन्तले शब बुझेको बताए । अब किरात परम्परा अनुसार दाहसस्कार गर्ने तयारी भैरहेको उनलेे बताए ।

यहाँ कमेन्ट गर्नुहोस्