कान्छो खवर । बिहिबार, कार्तिक १३, २०८३
गाईघाट १२ कार्तिक ।
शैक्षिक सुधारको माग राख्दै पटकपटक अनशन बस्दै आएका डा गोबिन्द केसीले इलामबाट अनशन सुरु गरेका छन् ।उनले इलामस्थित नारायण मन्दिरबाट बिहिवार साझ ५ बजे सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन् ।
उदयपुरको गाईघाटबाट उनलेे सत्याग्रह सुरु गर्ने ब्यापक रूपमा खबर फैलिएको भए पनि अन्तमा इलामबाट सत्याग्रह सुरु भएको केसीले घोषणा गरेका हुन् ।
चिकित्सा शिक्षा आयोगले न्युनतम पुर्बधार र आबश्यक जनशक्ति बिनै चिकित्सा शिक्षा कार्यक्रम सन्चालन गर्न अनुमती दिएको तथा विभिन्न मेडिकल कलेजमा सिट वृद्धि गरेको भन्दै उनले पुन अनशन सुरु गरेका हुन् ।
डाक्टर केसी सबै भन्दा बढी अनशन ब्यक्ति समेत हुन ।आफूले सरकारलाई दिएको समयसिमा सकिए पछि बाध्य भएर अनशन बस्नु परेको डा केसीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्