१६ कार्तिक २०८३, आइतबार

बिश्वब्यापी कविता प्रतियोगितामा उदयपुरे कबि आरोहीले जिते अवार्ड

कान्छो खवर । आइतबार, कार्तिक १६, २०८३

गाईघाट  १५  कार्तिक ।

बिश्वब्यापि कविता प्रतियोगितामा उदयपुरले कवि तथा साहित्यकार जीवन आरोही प्रथम भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले सनिवार आयोजना गरेको बिश्वब्यापी कविता प्रतियोगितामा उनले ३१ जना कबिलाई पछी पार्दै अवार्ड सहित ५ सय डलर नगद समेत पाएका छन् ।

प्रतियोगितामा बिश्वभरका नेपाली भाषी २७४ कविता मध्य बाचनकोलागि ३१ वटा उत्कृष्ट कविता छनौट भएकोमा उनले बाचन गरेको कविता ” के म नेपाली होईन र ? प्रथम भएको हो ।

त्यसै गरि झापाकी कबियत्री इन्दु भट्टराईको कविता ” चादनी “ले दोश्रो स्थान हासिल गरेको छ । उनले अवार्ड सहित नगद ३ सय अमेरिकी डलर प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा तीन जनालाई छनौट गरिएको छ ।

बर्दियाका ईस्वरीप्रसाद रिजाल ” उल्कापात “को कविता राष्ट्रकबिका बैकिनि र मेरोबगाबत , बैतडीका हिरा भट्टका अक्षर रोदन र काभ्रेपलान्चोकका प्रताप चौलागाईंको कविता ” जब उर्लन्छ खोला ” ले तेस्रो स्थान हासिल गरेको हो । उनिहरुले अवार्ड सहित जनही २ सय डलर नगद पुरस्कार पाएका छन् ।

अमेरिकाको टेक्सासमा सनिवार साझ कार्यक्रमको आयोजना भएको हो  ।

यहाँ कमेन्ट गर्नुहोस्