कान्छो खवर । सोमबार, आश्विन १२, २०८३
गाईघाट १२ असोज ।
त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईस्वरीदत्त पनेरू सरुवा भएको दुई महिना पछि मंगलबार हाजिर हुन नगरपालिका आउदै छन् ।
गत साउन १० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई गृहबाट त्रियुगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो । सरुवा भएर पनि उनी त्रियुगामा हाजिर हुन आएका थिएनन् । पारिबारीक कारण देखाउदै उनी राजधानी छोड्न चाहेका थिएनन् ।
उनी हाजिर हुन नआए पछी त्रियुगाका कर्मचारीहरुले बिगत तीन महिनादेखि तलब भत्ता खान पाएका छैनन् भने नगरपालिकाको धेरै नितिगत निर्णय गरिने कामहरु रोकिएको छ ।
नगरप्रमुख बसन्त बस्नेतले पनेरू भोलि आउन लागेको बताए । उनी एक दिन भए पनि हाजिर हुन आउने उनले बताए । पनेरूको पारिबारीक समस्या रहेछ , त्यसैले उनी एक दिन भए नगरपालिकामा हाजिर गर्न आउन लागेका हुन । हाजिर पछि आर्थिक कारोबार गर्ने अख्तियारी सहित नगरपालिकाको बरिस्ठ अधिकृतलाई निमित्त दिएर जाने कुना प्रमुख बस्नेतले बताए ।