कान्छो खवर । बिहिबार, आश्विन ०८, २०८३
गाईघाट ८ असोज ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लाको दुई पहाडी राजमार्गमा रातिको समयमा यातायात सन्चालनमा रोक लगाएको छ ।
मौसम बुलेटिन अनुसार असोज ८ देखि ११ असोज सम्म देश भर ठुलो बर्षा हुने सम्भावना रहेकोेले उक्त बर्षाको प्रभाव यस जिल्लामा समेत पर्ने देखिएकोले कटारी – घुर्मी र साउने – रसुवा सडक खण्डमा रातिको समयमा रोक लगाइएको प्रशासन कार्यालय द्वारा बिहिवार जारी सार्बजनिक सूचनामा उल्लेख छ ।
उक्त सूचना अनुसार बिहीबार साझ ५ बजे देखि बिहान ५ बजे सम्म रातीको समयमा कुनै पनि किसिमको सवारी साधन नचलाउन अनुरोध गरिएको छ । सूचनामा बिहिवार देखि सोमबार सम्म सवारी साधन नचलाउन भनिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्