०८ आश्विन २०८३, बिहिबार

देउवा पक्षको उदयपुर जिल्ला संयोजकमा बसन्त बस्नेत

कान्छो खवर । बिहिबार, आश्विन ०८, २०८३

गाईघाट  ८  असोज  ।

नेपाली काङ्ग्रेसका पुर्ब सभापति शेरबहादुर देउवा  पक्षको समानान्तर अधिबेशन गर्न उदयपुरमा जिल्ला संयोजकमा बसन्त बस्नेतलाई तोकिएको छ ।

देउवा पक्षले १५ औं महाधिवेशन गर्न आज जिल्ला संयोजक तोकेको हो ।पुर्ब महामन्त्री शशांक कोईराला रहेकोे १५औं महाधिवेशन तयारी समितिले समानान्तर अधिबेशन गर्न जिल्ला संयोजक तोकेको हो ।

कोशी प्रदेशमा ६ जिल्ला बाहेक सबै जिल्ला संयोजक तोकिएको छ ।उदयपुर , पाचथर , झापा , संखुवासभा , भोजपुर , मोरङ , खोटाङ , ओखलढुंगा र उदयपुरमा जिल्ला संयोजक तोकिएको हो । बाकी ६ जिल्लामा केहि दिन भित्रमा संयोजक तोकिने कोइरालाले बताए ।

असोज १५ गते वडा अधिबेशन गरि विभिन्न तहगत अधिबेशन गरेर मंसिर २१ देखि २३ सम्म १५ महाधिवेशन गर्ने देउवा पक्षको तयारी छ ।

कोशी प्रदेशमा ककस्ले पाए जिम्मेवारी ।

उदयपुर : बसन्त बस्नेत

पाचथर :डेकेन्द्र तामाङ

झापा : कृष्ण हुमागाई

संखुवासभा : रामकुमार जिसि

भोजपुर : धर्मराज राई

मोरङ : सुभाष पौडेल

खोटाङ : रोजन राई

ओखलढुंगा : बालगोबिन्द राजभण्डारी

यहाँ कमेन्ट गर्नुहोस्