०८ आश्विन २०८३, बिहिबार

चौदण्डिगढी नगरपालिका भित्रमा रहेका सबै बिध्यालयको पठनपाठन आज र भोलि बन्द रहने

कान्छो खवर । बिहिबार, आश्विन ०८, २०८३

गाईघाट  ८  असोज  ।

चौदण्डिगढी नगर क्षेत्रका सामुदायिक तथा सस्थागत बिध्यालयहरु बिहीबार देखि शुक्रबार सम्मकोलागि बन्द गरिएको छ ।

बुधबार रातिदेखि निरन्तर बर्षा भैरहेको तथा हालको मौसम प्रतिकुल हुदै गएको अबस्थामा बिध्यालयको पठनपाठन भैरहदा जोखिम हुन सक्ने देखिएकोले  नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रका सबै बिध्यालय दुई दिन बन्द गर्ने उल्लेख गरेको छ ।

नगरपालिकाको आज बिहान बसेको बैठकले बिध्यालको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्