कान्छो खवर । शुक्रबार, आश्विन ०२, २०८३
गाईघाट २ असोज ।
उदयपुरमा गत बर्षको तुलनामा डेङी संक्रमितको संख्या बढेको एक तथ्यांकमा उल्लेख गरिएको छ । त्रियुगा नगरपालिकाले शुक्रबार आयोजना गरेको किटजन्य रोग रोकथाम तथा नियन्त्रण सम्बन्धि एक दिने सरोकारवाला संग गरिएको अन्तरकृया कार्यक्रममा चालू आर्थिक बर्षको दुई महिना साउन र भदौमा ४९ जनामा डेगी संक्रमण पुष्ठि भएको जानकारी गराइएको छ ।
जनस्वास्थ्य कार्यालय उदयपुरका बरिस्ठ ल्याब टेक्निसियन लौकाजी राईले गत बर्षको तुलनामा जिल्लामा संक्रमितको संख्या बढेको बताए ।अघिल्लो आर्थिक बर्ष २०८२/०८३ मा जिल्लामा ४६ जना डेङगी संक्रमण भएकोमा यो आर्थिक बर्षको पहिलो दुई महिनामा संक्रमितको संख्या बढेर ४९ पुगेको उनलेे बताए ।
उनले त्रियुगा नगरपालिकामा २३ , बेलकामा २३ , चौदण्डीगढीमा २ र कटारी नगरपालिकामा १ जना डेङगी संक्रमण पुष्ठि भएको अन्तरक्रिया कार्यक्रममा जानकारी गराए । २ हजार ३८४ जनामा डेङगु परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्ठि भएको राईले बताए ।
कोशी प्रदेशमा डेङगी संक्रमितको संख्या सबैभन्दा बढी झापामा रहेकोे उनले बताए । झापामा चालु आर्थिक बर्षको दुईमहिनामा संक्रमितको संख्या ४३२ रहेकोे बताए । झापा पछि खोटाङमा ७२ र तेस्रो स्थानमा उदयपुर रहेको उनले बताए ।
डेङगीको जोखिम बड्दै गए पछी त्रियुगा नगरपालिकाले नगरको सबै वडामा लामखुट्टेको प्रजनन स्थानको खोजी गर्दै लार्भा नस्ट गर्ने अभियान तत्काल सुरु गर्ने जनाएको छ । सचेतना अभियान अन्तरगत सबै वडामा टोल बिकास सस्था , नागरिक समाज , ब्यापारी , पत्रकार , स्वास्थ स्वयंसेबीका र सेना प्रहरी परिचालन गरिने मेयर बसन्त बस्नेतले बताए ।