कान्छो खवर । बिहिबार, आश्विन ०१, २०८३
गाईघाट १ असोज ।
किरात पत्रकार संघ उदयपुरको अध्यक्षमा पत्रकार बिजय राई चयन भएका छन् ।बुधबार भएको संघको छैठौं अधिबेशनले राई सहित ९ जना कार्य समिति निर्बिरोध चयन गरेको हो ।
संघको निबर्तमान अध्यक्ष बिक्रम राईले अध्यक्ष सहित सबै पदमा सहमति जुटेको बताए । संघको उपाध्यक्षमा चेवान राई , महिला उपाध्यक्ष भावना राई , सचीव नयनराज राई , सहसचिब सरोज दर्पण राई र कोषाध्यक्ष संगिता राई रहेका छन् । सदस्यहरुमा अनिल राई ,आशिष् राई र वेदना राई रहेका छन् ।
केन्द्रिय प्रतिनिधिमा बिक्रम राई , राजेन्द्र दुष्ट र संगिता राई रहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्