कान्छो खवर । बुधबार, भाद्र ३१, २०८३
गाईघाट ३१ भदौ ।
उदयपुरगढी गाउपालिका ७ रातमाटे डमारमा बुधबार बिहान दुई सवारी साधन एक आपसमा ठक्कर खादा १७ जना घाइते भएका छन् ।
कटारीदेखि मालसामान बोकेर गाईघाट तर्फ आउदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रकले बिपरित दिशा तर्फ जादै गरेको बा ४ ख ५६३५ नम्बरको हायस गाडीलाई ठक्कर दिदा गाडीका चालक सहित सबै जना यात्रीहरु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्य ८ जनाको अबस्था गम्भीर रहेकोले थप उपचारकोलागि बिराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाकी घाइतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको छ ।
हायस गाडी उर्लाबारीदेखि काठमाडौ जाँदै गरेको प्रहरीले जनाएको छ । ट्रकको ब्रेक फेल भएर ओरालोमा हायसलाई ठक्कर दिएर बीच सडक मै पल्टिएको छ भने हायस गाडी सडक देखि तल खोल्सोमा झरेको छ ।
प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्