कान्छो खवर । बुधबार, भाद्र ३१, २०८३
गाईघाट ३१ भदौ ।
ट्रक पल्टिएर सडक अबरुद्ध भए पछी उपचारकोलागि एम्बुलेन्सबाट गाईघाट ल्याउदै गरेको बिरामीको समयमा उपचार नपाएर मृत्यु भएको छ ।
जन्डिसबाट ग्रसित लिम्चुङबुङ गाउपालिका ८ बलम्ता लाकुस्थित लक्ष्मी आधारभुत बिध्यालयका प्रधानअध्यापक केदार राईको बुधबार बिहान मृत्यु भएको हो ।मृतका भतिजा ज्ञानेन्द्र राईले उपचारकोलागि समयमा अस्पताल पुर्याउन नपाएको कारण काकाको मृत्यु भएको बताए ।
केही दिनदेखि ज्वरो आईरहेको थियोे , जन्डिसको बिरामी हुनुहुन्थ्यो । हिजो बाराह स्वास्थ चौकीमा उपचारकोलागि भर्ना गरिएको थियोे । उनले भने । चिकित्सकले अन्यत्र लान रेफर गरे पछी आज बिहान एम्बुलेन्स मार्फत बिराटनगर लादै गरेको उनले बताए ।
रौतामाई गाउपालिका ८ पुवारे भञ्ज्याङ्को बिच सडकमा उत्तिस बोकेको ट्रक पल्टिएको रहेछ । बीच सडकमा पल्टिएको ट्रकको कारण सडक पुरै अबरुद्ध भएकोले सवारी आबगमन बन्द रहेको उनले बताए ।
हाम्रो एम्बुलेन्स बिच सडकमा बाटो अबरुद्धले अट्किएको र गाईघाटबाट अर्को एम्बुलेन्स मगाउदै गर्दा बिरामीको मृत्यु भएको राईले बताए ।
एम्बुलेन्स चालक कटकबहादुर राई बिरामीलाई समयमा अस्पतालमा पुर्याउन नपाएको कारण बीच बाटोमा बिरामीको मृत्यु भएको बताए ।
हामी बिहान ११.२० बजे पुवारे आइपुग्दा सडकमा ट्रक पल्टिएको रहेछ । झन्डै आधा घन्टा बीचमा रोकिनु पर्यो , त्यही बेला बिरामीको मृत्यु भयो ।उनले भने ।
लिम्चुङ ३ सिरवानीबाट उत्तिस बोकेर इटहरी तर्फ आउदै गरेको चार वटा ट्रक मध्य प्रदेश १ ०२ -००२ ख ०६५३ नम्बरको ट्रक बीच सडकमा पल्टिएको थियोे । साघुरो सडक चिप्लो बाटोमा ओभर लोड काठ बोकेको कारण गाडी बुधबार बिहान दुर्घटनामा परेको हो ।
काठका धनी युबराज सैजुले ५ सय सेफ्टी उत्तिसको काठ बोकेर ट्रक आउदै गरेको बताए । उनले खराब बाटोको कारण चालकले नियन्त्रण गुमाएको कारण ट्रक दुर्घटना भएको बताए ।