कान्छो खवर । बुधबार, भाद्र ३१, २०८३
गाईघाट ३१ भदौ ।
सशस्त्र प्रहरीले १३० केजी गाजा पक्राउ गरेको छ । मोटरसाइकल गस्तीमा रहेका उनिहरुले कटारी नगरपालिका ६ सौधुरी चुरे जङ्गलदेखि बुधबार बिहान २.३० बजेको समयमा गाजा बरामद गरेको हो ।
चुरे जङ्गलमा गाजा बोकेर पैदल हिडिरहेका गाजा तस्कर प्रहरीलाई देख्ने बितिकै गाजा छोडेर भाकेका थिए । प्लास्टिकको झोलामा प्याक गरिएको अबस्थामा उक्त गाजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कटारीले जनाएको छ ।
सशस्त्र प्रहरीको १० जना सुरक्षाकर्मी मोटरसाइकल गस्तीमा रहेका थिए । केहीका दिन अगाडि मात्र प्रहरीले कटारीबाट ठुलो परिणाममा गाजा सहित दुई जनालाई पक्राउ गरेको थियोे ।
बरामद गरिएको गाजा ईलाका प्रहरी कार्यालय कटारीमा बुझाएको सशस्त्रले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्