कान्छो खवर । आइतबार, भाद्र २८, २०८३
गाईघाट २८ भदौ ।
पुरानो एक राते बजारको नाम बाट चर्चित बाबरी बजारलाई भौतिक रूपमा ब्यबस्थित बनाउन सनिवार हातेमालो श्रमदान अभियान कार्यक्रम सुरु गरिएको छ ।
त्रियुगा नगरपालिका वडा नम्बर १० को आयोजनामा श्रमदान मार्फत बजार क्षेत्रमा भौतिक पुर्बधार निर्माणको काम सुरु गरिएको हो । वडा अध्यक्ष किरण पाण्डेको सक्रियतामा उक्त अभियान सुरु गरिएको हो ।
उक्त अभियानमा वडाबासी , टोल बिकास सस्था बाबरी , बजार ब्यबस्थापन समिति ,टोल समन्वय समिति , साकेला संरक्षण समिति ३१ वटा टोल बिकास सस्थाहरु , विभिन्न संघ सस्थाहरुको सहभागीतामा बजार क्षेउमा सौचालय , र बजार प्रवेश बिन्दु नजिक अपुरो रहेको पुल आसपास जाली भर्ने र बाटो सफा गर्ने काम भएको वडा अध्यक्ष पाण्डेले बताए ।
उनले श्रमदानबाट ५ लाख बराबरको काम भएको बताए । आगामी दिनमा बजार ब्यबस्थित बनाउन फुटबल मैदानको स्तरउन्नती , चिल्ड्रेन पार्क , स्तम्भ निर्माण , सडक पिच गरिने , फलफूलको बिरुवा समेत रोपिने अध्यक्ष पाण्डेले बताए ।
बजार छेउको बरुवा खोला तटबन्धकोलागि सरकारी निकाय संग समन्वय गरेर बजेट माग गरिने उनले बताए । सम्भब हुने सबै काम श्रमदानबाट गरिने उनले बताए ।
उनले हप्ताको एक दिन सनिवार पारेर श्रमदान गर्ने योजना रहेको पनि बताए । हामीले बार्षिक कार्यक्रम बनाएर नै काम सुरु गरेका छौं । उनले भने ।