२८ भाद्र २०८३, आइतबार

करेन्ट लागेर सिवाईमा एक जनाको मृत्यु

कान्छो खवर । आइतबार, भाद्र २८, २०८३

गाईघाट  २८   भदौ  ।

करेन्ट लागेर आइतबार बिहान सिवाइमा एक जनाको मृत्यु भएको छ ।हात मुख धुन मोटर चलाउने क्रममा चौदण्डिगढी नगरपालिका ५ सिबाइका शुकदेब चौधरीको घटनास्थलमै मृत्यु भएको  हो ।

स्थानिय भास्कर चौधरीले बिहान हातमुख धुन कलमा जडान गरिएको मोटर चलाउने क्रममा चौधरीलाई करेन्ट लागेको बताए । मोटरको तार सर्ट भएको रहेछ त्यसैले कल चलाउदा करेन्ट प्रवाह भएर उनको तत्काल मृत्यु भएको उनले बताए ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्