२७ भाद्र २०८३, शनिबार

कुश र पिठोको शब बनाएर परिबारले गरे घिमिरेको अन्त्यष्टी , भोटेकोशीको बाढीले बेपत्ता उनको अबस्था अझै ज्ञात हुन सकेको छैन

कान्छो खवर । शनिबार, भाद्र २७, २०८३

गाईघाट  २७  भदौ  ।

भोटेकोसीको बाढीमा बेपत्ता  भएका त्रियुगा नगरपालिका ४ बगाहाका ४२ बर्षिय देबेन्द्र घिमिरेको  सत्रौ दिनमा सनिवार हिन्दु सस्कार र परम्परा अनुसार  कुश र पिठोको शब बनाएर त्रियुगा नदिमा अन्त्यष्टि गरिएको छ ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीले बेपत्ता भएका उनी अझै सम्पर्कमा आएका छैनन् । उनको अबस्था अझै अज्ञात छ । परिबारले लामो समय सम्म पनि कुनै जानकारी पाउन नसकेकोले हिन्दु परम्परा अनुसार मृत्यु भएको सम्झेर सस्कार गरिएको उल्लेख गरेको छ ।

घिमिरे फेवा हाइड्रोपावर रसुवामा कार्यरत थिए ।

यहाँ कमेन्ट गर्नुहोस्