२६ भाद्र २०८३, शुक्रबार

१६४ केजी गाजा सहित ५ जना पक्राउ

कान्छो खवर । शुक्रबार, भाद्र २६, २०८३

गाईघाट   २६   भदौ  ।

प्रहरीले १६४ केजी गाजा सहित ५ जनालाई पक्राउ गरेको छ । गाईघाटदेखि कदमाह तर्फ जादै गरेको यात्रीबाहक दुई वटा बिङगर गाडी चेकजाँचको क्रममा बिहिवार उक्त परिणामको गाजा सहित कारोबारीलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

दुई वटा विङगर गाडीको छ्तमा प्लास्टिकको झोलामा प्याक गरिएको अबस्थामा प्रहरीले खानतलासी गरेर गाजा बरामद गरेको हो । लालपत्ता प्रहरी चेकपोस्ट अगाडि बरामद गरिएको गाजा , गाडी र पक्राउ परेका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भैरहेकोले प्रहरीले पक्राउ गरेका ब्यक्तिको बारेमा केहि खुलाएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्