कान्छो खवर । आइतबार, भाद्र २८, २०८३
गाईघाट २८ भदौ ।
करेन्ट लागेर आइतबार बिहान सिवाइमा एक जनाको मृत्यु भएको छ ।हात मुख धुन मोटर चलाउने क्रममा चौदण्डिगढी नगरपालिका ५ सिबाइका शुकदेब चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानिय भास्कर चौधरीले बिहान हातमुख धुन कलमा जडान गरिएको मोटर चलाउने क्रममा चौधरीलाई करेन्ट लागेको बताए । मोटरको तार सर्ट भएको रहेछ त्यसैले कल चलाउदा करेन्ट प्रवाह भएर उनको तत्काल मृत्यु भएको उनले बताए ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्