२७ भाद्र २०८३, शनिबार

चट्याङ लागेर उदयपुरमा एक जनाको मृत्यु

कान्छो खवर । शनिबार, भाद्र २७, २०८३

गाईघाट  २७  भदौ  ।

चट्याङ लागेर  उदयपुरमा एक जनाको मृत्यु भएको छ ।उदयपुरको कटारी नगरपालिका  ८ बस्ने  ३५ बर्षिय रुद्र  तामाङको सनिवार  दिउ२.३० बजेको समयमा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

अविरल बर्षा संगै परेको चट्याङको कारण झ्याल बन्द गर्ने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते उनको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्