२४ भाद्र २०८३, बुधबार

बरिस्ठ पत्रकार बद्री काफले रहेनन्

कान्छो खवर । बुधबार, भाद्र २४, २०८३

गाईघाट  २४  भदौ  ।

बरिस्ठ पत्रकार बद्रीप्रसाद काफ्लेको निधन भएको छ । सुगर र प्रेसर रोगबाट ग्रसित काफ्लेको बुधबार बिहान ७२ बर्षको उमेरमा निज निबास गाईघाटमा निधन भएको हो ।

बिगत २ बर्षदेखि प्रेसरले हानेर थलिएर घरमै उपचार गराउदै आएका काफ्लेले  उदयपुरमा पत्रकारिताको जग बसाल्न महत्त्वपूर्ण भुमिका निर्बाध गरेका थिए । उनी सप्तरीको राजबिराजदेखि पत्रकारिता गर्न उदयपुर आएका थिए । गाईघाटदेखि उनले त्रियुगा अर्धसाप्ताहि पत्रीकाको प्रकाशन गरेका थिए ।

मुलुकमा बहुदलीय ब्यबस्थाको पुनस्थापना पछी गठित नेपाल पत्रकार संघ उदयपुरको उनी सस्थापक सचीव रहेर काम गरेका थिए । उनको श्रीमती दुई छोरा र दुई छोरी छन् ।

उनको आजै त्रियुगा नदिमा दिउँसो दाहसस्कार गरिने नेपाल पत्रकार महासघ उदयपुरका अध्यक्ष भक्तिबिलास पोख्रेलले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्