कान्छो खवर । बुधबार, भाद्र २४, २०८३
माथि अनावरण गरिएको बिपिको सालिक तल गत बर्ष जेन्जी आन्दोलनमा सालिक भत्काउदै आन्दोलनकारी
गाईघाट २४ भदौ ।
जेन्जी आन्दोलनको क्रममा गत बर्ष भदौ २४ गते आन्दोलनकारीले तोडफोड गरेर भत्काएको बिपि कोइरालाको सालिक बुधबार पुन अनावरण गरिएको छ ।
त्रियुगा नगरपालिका ११ बिपि चोक स्थित बैंक लाइनमा एक कार्यक्रमको आयोजना गरि सालिक अनावरण गरिएको हो ।सालिक अनावरण नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बिदुर बस्नेत , केन्द्रिय सदस्य प्रमिला राई , केस लिला कुमारी राई , बरिस्ठ काङ्ग्रेस नेता तथा पार्टीका केन्द्रिय सदस्य नारायणबहादुर कार्की र त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले गरेका हुन् ।
पार्टीका नेता तथा कार्यकर्ताहरुले चंदा उठाएर उक्त सालिक निर्माण गरिएको मेयर बस्नेतले बताए ।झन्डै १ लाख ५० हजार रुपैयाको लागतमा निर्माण गरिएको सालिककोलागि मेयर बस्नेतले ब्यक्तिगत रूपमा ५१ हजार चंदा दिएका हुन् ।
यहाँ कमेन्ट गर्नुहोस्