२३ भाद्र २०८३, मंगलबार

करेन्ट लागेर एक महिलाको मृत्यु

कान्छो खवर । सोमबार, भाद्र २२, २०८३

गाईघाट   २२  भदौ  ।

करेन्ट लागेर सोमबार बिहान एक महिलाको मृत्यु भएको छ । थेरापी मेसिनमा करेन्ट लिग हुदा बिहान ९ बजे त्रियुगा नगरपालिका १२ जनप्रेमी टोलकि ७४ बर्षिया रामकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नसा रोगबाट पीडित राईले आफनै घरमा थेरापी मेसिन राखेर उपचार गर्दै आइकी थिइन् । आज बिहान बिजुलीको प्लगमा जडान गरेर थेरापी गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । गम्भीर रूपमा घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्