१८ भाद्र २०८३, बिहिबार

रसुवाको भोटेकोसीको बाढीमा बेपत्ता उदयपुरको कटारी भोर्लेका एक युवकको शबको पहिचान , शब मोहनबहादुर सार्कीको रहेकोे पुष्ठि

कान्छो खवर । बिहिबार, भाद्र १८, २०८३

गाईघाट  १८  भदौ  ।

रसुवाको भोटेकोशीमा आएको बाढीले बेपत्ता भएकाहरु मध्य उदयपुर कटारी नगरपालिका ५ भोर्लेका ४० बर्षिया मोहनबहादुर सार्की मृत फेला परेका छन् ।

उदयपुरबाट १६  जना बाढीको कारण हराइरहेकोमा सार्कीको शब चितबनमा फेला परेकोमा परिबारले बुधबार पहिचान गरेको प्रहरीले जनाएको छ । सार्की रसुवाको टिमुरेमा ज्याला मजदुरीमा काम गर्दै आएका थिए । कटारी नगरपालिकाबाट  मात्र उनी संगै अरु चार जना हराइरहेका छन् ।

वडा नम्बर ५ का अध्यक्ष मोहन तामाङले सार्कीको शबको पहिचान भएको बताए । परिबारका सदस्यहरुले शबको पुष्टि गरेको उनले बताए ।शबको उतै दाहसंस्कार गरिने समेत खबर आएको उनले बताए ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्