कान्छो खवर । बिहिबार, भाद्र १८, २०८३
गाईघाट १८ भदौ ।
लागूऔषध सहित दुइ युवा पक्राउ परेका छन् । प्रहरीले घर खानतलासी गरि बुधबार दुइ युबालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का २६ बर्षिय साबन राई र वडा नम्बर ६ का २७ बर्षिय शुभ राई रहेका छन् । लागूऔषधको कारोबार भैरहेको सूचनाको आधारमा उनको घर भित्र खानतलासी गर्दा ट्रामाडोल १ हजार ४ सय ५५ क्याप्सुल र डाइक्लोमाइन १ हजार ४ सय ५५ गरि २ हजार ९ सय १० क्याप्सुल लागूऔषध बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पक्राउ परेकाहरु लागूऔषध कारोबारी रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनिहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्