१६ मंसिर २०८२, सोमबार

त्रियुगा नगरपालिका आज देखि नंया भबनमा , मेयर बस्नेतले गरे भबनको उद्घाटन

कान्छो खवर । सोमबार, मंसिर १६, २०८२

गाईघाट  १५  मङ्सिर ।

त्रियुगा नगरपालिका नंया भबनमा सरेको छ ।त्रिनपा १० बोक्सेमा निर्मित ५ तल्ले भबनमा सोमबार सरेको हो । नगर प्रमुख बसन्त बस्नेत , उपमेयर महेश्वरी राई लगायत उपस्थित नगरबासी बाजागाजा सहित पैदल हिडेर नया भबनमा प्रवेश गरेका हुन ।

नगर प्रमुख बस्नेतले नब निर्मित भबनको एक कार्यक्रम बीच उद्घाटन गरेका छन् ।१२ करोड १३ लाख ७० हजार २११ रुपैयाको लगानीमा बनेको उक्त भबन ज्ञान् ज्योति बिल्डर्सले निर्धारित समयमा बनाएर गत असारमा नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

भबन उद्घाटन कार्यक्रम मेयर बस्नेतले नया बनेको प्रशासनिक भबन बाट  नगरबासीलाई प्रभाबकारी ढङ्गले सेवा सुबिधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अब हामी नगरबासीलाई छिटोछरितो रूपमा सेवा प्रबाह गर्ने  छौँ । उनले भने ।

उनले भौतिक पुर्बाधार निर्माणमा  मात्र जोड नदिएर अन्य क्षेत्रलाई समेत समेट्दै नगरको बिकासमा जोड दिने गरि काम गर्ने बताए ।अब नगरबासीको समस्या  पिरमार्कालाई समेत सम्बोधन गरिने बताए ।

अन्य स्थानिय तहको अनुपातमा त्रियुगाले भौतिक पुर्बधार निर्माण , शिक्षा स्वास्थको क्षेत्रमा निकै काम गरेको उनले बताए ।

भबन उद्घाटन कार्यक्रम विभिन्न बिध्यालयका बिध्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्